हिमालयन लाइफको बीमालेख नवीकरणमा शत प्रतिशतसम्म छूूट

२४ भाद्र २०८१, सोमबार ०८:५५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छूट दिने निर्णय गरेको छ ।

साबिक प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्सबाट जारी भएको र हाल व्यतित रहेको बीमालेखहरू आज (भदौ २४) देखि भदौ ३१ गतेसम्म नवीकरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छूट दिन लागिएको हो ।

तीन वर्षसम्म व्यतित बीमालेखमा १०० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ५० प्रतिशत, ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित बीमालेखमा २५ प्रतिशत र ७ वर्षदेखि १२ वर्षसम्म व्यतित बीमालेखमा १० प्रतिशतसम्म छूट दिइने कम्पनीले बताएको छ । १२ वर्षमाथि व्यतित बीमालेखमा भने कम्पनीले छूट दिने छैन ।

छूट सुविधा बीमा अवधिभर एकपटक मात्र लागूू हुने र छूट सुविधामार्फत नवीकरण भएको मितिले २ वर्षभित्र नियमानुसार समर्पण गर्न चाहेमा छुट प्रदान गरिएको रकम कम्पनीबाट कट्टा गरिने सूचनामा उल्लेख गरिएको छ ।

साथै व्यतित भएको बीमालेखले जोखिम बहन नगर्ने भएकाले समयमै नवीकरण गरी छूट सुविधाको लाभ लिन कम्पनीले बीमितलाई आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*