सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

२४ भाद्र २०८१, सोमबार ०६:५२

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ६३४ कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त शेयर यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर तोकिएको समयावधिसम्म संस्थापकहरूले शेयर नकिनेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर पुनः बिक्रीमा ल्याइएको हो । सो शेयरको बिक्रीमूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

शेयर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले ३५ दिनभित्र कम्पनीको कर्पाेरेट कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*