कुमारी बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा

२४ भाद्र २०८१, सोमबार ०६:४१

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

तोकिएको समयावधिभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*