कति छ आज विदेशी मुद्राको विनिमयदर?

२४ भाद्र २०८१, सोमबार ०६:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीदभाउ १३४ रुपैयाँ २ पैसा र बिक्रीभाउ १३४ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै यस दिन एक साउदी अरेबियन रियालको खरीदभाउ ३५ रुपैयाँ ७० पैसा र बिक्रीभाउ ३५ रुपैयाँ ८६ पैसा छ । कतारी रियाल एकको खरीदमूल्य ३६ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ९३ पैसा छ ।

राष्ट्र बैंकले एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ८१ पैसा तोकेको छ । यूएई दिराम एकको खरीदका लागि ३६ रुपैयाँ ४९ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ६५ रुपैयाँ तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*