दुई पाङ्ग्रे सवारीमा बजाजको दबदबाः २ लाखदेखि साढे ५ लाखसम्मका मोटरसाइकल उपलब्ध, मूल्य कति ?

२३ भाद्र २०८१, आईतवार १८:१३

काठमाडौँ । नेपालको दुई पाङ्ग्रे सवारी साधन बजारमा सबैभन्दा अग्रणी ब्राण्ड बजाजका मोटरसाइकलमा युवाहरुको आकर्षक बढ्दो क्रममा रहेको छ । बजाज मोटरसाइकमा प्रदर्शन, स्टाइल, इन्धन किफायतीता, उपलब्धता र ब्रान्डको प्रतिष्ठालाई हेरेर युवाहरुको आकर्षक बढ्दो क्रममा रहेको देखिन्छ । यस वर्ष आयोजना भएको नाडा अटो शो २०२४ मा पनि बजाजका सवारी साधान हेर्नेहरुको भिडभाड रहेको थियो ।

बजाज मोटरसाइकलहरू, विशेष गरी पल्सर जस्ता मोडेलहरू, आकर्षक डिजाइन र स्पोर्टी लुकका कारण युवा पुस्तामा लोकप्रिय छन् । यी मोडेलहरूको स्टाइलिश डिजाइन, रंग विकल्प, र आक्रामक स्वरूपले युवाहरूलाई आकर्षित गरेको छ । बजाजका मोटरसाइकलहरूमा राम्रो इन्जिन क्षमता, उच्च गति, र राम्रो पिकअपका कारण युवा पुस्ताले रुचाएको देखिएको छ ।

बजाजलाई युवा पुस्ताले रुचाउनुमा इन्धनको हिसाबले निकै किफायती रहेको छ। युवाहरूलाई किफायती र सुलभ सवारी चाहिने भएकाले बजाजको इन्धन क्षमता ठूलो आकर्षणको विषय बनेको छ। बजाजले नयाँ फिचर र प्रविधिहरू आफ्नो मोटरसाइकलहरूमा समावेश गरेको छ, जस्तै डिजिटल कन्सोल, LED हेडलाइट्स, डिस्क ब्रेक, र DTS-i प्रविधि। यी सबै आधुनिक फिचरहरूले मोटरसाइकललाई युवा पुस्तामाझ लोकप्रिय बनाएको छ ।

‘नाडा अटो शो’ मा बजाजको मोटरसाइकलमा भिड

दशै अफर के छ ?

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले दशै, तिहार र छठलाई लक्षीत गरी नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ ।

बजाजको यस योजना अन्तर्गत ग्राहकहरुले हरेक बजाजको खरिदमा स्योर सट रुपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् । त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन् ।

इजी फाइनान्स र ५० प्रतिशत डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुने कम्पनीले जनाएको छ। लामो समयदेखि नेपाली बजारमा आफ्नो प्रभुत्व कायम राखेको बजाजले विभिन्न ग्राहक वर्गलाई लक्षित गर्दै विभिन्न मोडलहरू उपलब्ध गराउँदै आएको छ ।

नेपालमा बजाज मोटरसाइकलको मुख्य विशेषताहरू

बजार हिस्सेदारीः बजाज मोटरसाइकल नेपालमा सबैभन्दा धेरै बिक्री हुने ब्राण्डहरू मध्ये एक हो। यसको लोकप्रियता विशेष गरी ग्रामीण र शहरी क्षेत्र दुवैमा रहेको छ। यो ब्राण्डको प्रमुख मोडलहरू जस्तै पल्सर, डिस्कभर र प्लेटिना अत्यन्तै लोकप्रिय छन्।

जसका २०० भन्दा बढी डिलरशिपहरू र ३५ भन्दा बढी सेवा केन्द्रहरू समावेश छन्। यसले बजाज मोटरसाइकलहरूलाई देशका लगभग सबै क्षेत्रहरूमा सजिलै उपलब्ध गराएको छ।

विश्वासिलो सेवाः बजाज मोटरसाइकलको विक्री पश्चातको सेवा, सर्भिसिङ नेटवर्क, र स्पेयर पार्ट्सको सजिलो उपलब्धता पनि यसको व्यापारको मुख्य कारणहरूमध्ये एक हो। नेपालभरि यसको धेरै शाखा तथा सर्भिस सेन्टरहरू छन्।

इन्धन दक्षताः नेपाली उपभोक्ताहरूको लागि बजाजका मोटरसाइकलहरू इन्धन दक्षताका लागि परिचित छन्। यो विशेषता बजाजलाई अन्य प्रतिस्पर्धी ब्राण्डहरू भन्दा अगाडि राख्छ।

नयाँ मोडलहरूः बजाजले समय–समयमा नयाँ मोडलहरू बजारमा ल्याएर आफ्नो उपभोक्तालाई आकर्षित गर्दै आएको छ। विशेष गरी पल्सर सिरिजका नयाँ भेरियन्टहरू युवाहरू माझ निकै लोकप्रिय छन्।

प्रतिस्पर्धाः हालसालै, नेपाली बजारमा अन्य ब्राण्डहरूको आगमनले प्रतिस्पर्धा बढाएको भए पनि, बजाजले आफ्नो शक्तिशाली ब्राण्ड छवि, राम्रो नेटवर्क, र गुणस्तरीय उत्पादनको कारणले बजारमा बलियो स्थिति कायम राख्न सफल भएको छ।

नेपालमा बजाजको प्रमुख प्रतिस्पर्धीहरुमा हिरो, टिभिएस, होन्डा र यामाहा जस्ता ब्रान्डहरु छन् । तथापि, बजाजले आफ्ना मोटरसाइकलहरूको विशेषता र किफायती मूल्यका कारण राम्रो प्रतिस्पर्धा गर्न सफल भएको छ।

कुन मोडलको मूल्य कति पर्छ ?

SN Bike Model Updated Bike Price
 1 Platina 100 ES  NRs. 210,900
 2 Discover 125 Disc  NRs. 246,900
 3 Discover 125 ST  NRs. 254,900
 4 Pulsar 125 Disc  NRs. 266,900
 5 Pulsar NS 125 BS6  NRs. 291,900
 6 Pulsar 125 NS FI BS6 NRs. 293,900
 7 Pulsar 150 SD  NRs. 307,900
 8 Pulsar 150 TD  NRs. 326,900
 9  Pulsar N150  NRs. 364,900
 10 Pulsar 160 NS TD ABS  NRs. 330,900
 11 Pulsar NS 200 (Non ABS)  NRs. 352,900
 12 Pulsar NS 200 ABS  NRs. 393,900
 13 Pulsar NS 200 ABS FI  NRs. 401,900
 14 Pulsar 220 F ABS  NRs. 408,900
 15  Pulsar N 160 Dual ABS BS6  NRs. 399,900
 16  Pulsar N 250 Dual Channel ABS BS6  NRs. 4,57,900
 17  Pulsar NS200 FI Dual ABS BS6  NRs. 4,33,900
 18  Pulsar NS 160 FI Dual ABS BS6  NRs. 3,92,900
 19  Pulsar NS 200 FI ABS BS6   NRs. 413,900
 20 Avenger 160 Street ABS  NRs. 379,900
 21 Avenger 220 Cruise  NRs. 422,900
 22 Dominar 250 Dual ABS  NRs. 567,900
 23 Dominar 400 Dual ABS BS6  NRs. 6,13,900
 24 Dominar 250 ABS BS6  NRs. 559,900

बजाज पल्सर एनएस ४०० जेड नेपालमा सार्वजनिक, कतिमा किन्न सकिन्छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*