सफारी ब्याग्सको डिलर्स स्किममा शुभ यात्रा कलेक्सन बन्यो सर्वाधिक बिक्री गर्ने डिलर

२३ भाद्र २०८१, आईतवार १७:०८

काठमाडौँ । अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्रान्ड सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्री गर्न सफल भई पुतलीसडक स्थित शुभ यात्रा कलेक्सन सर्वोत्कृष्ट डिलर हुन सफल भएको छ । उक्त स्किममा सर्वोत्कृष्ट डिलर हुन सफल शुभ यात्रा कलेक्सनका चेयरम्यान दर्शन खनाललाई जगदम्बा मोबाइल्सका एक्जिक्युटिव डाइरेक्टर सक्षम जाटियाले टिभिएस् रोनिन मोटरबाइक र टिभिएस् एन्टर्क स्कुटर प्रदान गरेका हुन् ।

विजेता शुभ यात्रा कलेक्सनका चेयरम्यान दर्शन खनालले भने, “आफ्नो कडा परिश्रमको प्रतिफल पाउँदा अवश्य पनि खुशी छु । यसरी राम्रो काम गर्ने आफ्नो डिलरलाई पुरस्कार प्रदान गरेर सम्मान गरेकोमा सफारी ब्याग्सलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । मलाई आशा छ यसले आगामी वर्ष अन्य डिलरहरुलाई मभन्दा राम्रो बिक्री गर्न हौसला प्रदान गरेको छ ।”

त्यसै गरी सफारी ब्याग्सका बिजनेस हेड सन्तोष श्रेष्ठले भने, “शुभ यात्रा कलेक्सनको सफलता हामी सबैको लागि गौरवको विषय हो । सफारी ब्याग्सले बजार र ग्राहकको माग अनुसार उच्च गुणस्तरको लगेज र ब्याकप्याकहरु अन्तरर्राष्ट्रिय वारेन्टीका साथ आकर्षक मुल्यमा उपलब्ध गराउँदै आएका छ। हाम्रो लगेज र ब्याकप्याकहरु उच्च गुणस्तरीय हुनुको साथै आफ्टर सेल्स सर्भिस पनि राम्रो भएकोले हामीलाई ग्राहकहरुले सर्वाधिक रुचाउनुभएको छ । ”

ईन्डियाको नम्बर १ लगेज ब्राण्ड सफारी ब्याग्स नेपालमा प्रवेश गरेको छोटो समयमा नै प्रयोगकर्ताहरुको मन जित्न सफल भई बजारमा सर्वाधिक रुचाइएको ब्रान्डमा पर्छ । नेपालको लागि सफारी ब्याग्सको एक मात्र नेसनल डिस्ट्रिब्युटर जगदम्बा मोबाईल प्रा. लि. हो भने डिलरहरु नेपालभर रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*