म्यादी बीमा शुल्क आर्जनमा सन नेपाल र एशियन लाइफ अग्रस्थानमा, अन्य कुनको कति ?

२३ भाद्र २०८१, आईतवार १६:१६

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा (म्यादी बीमा) लेखबाट साढे २४ करोड ७२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । म्यादी बीमा व्यवसाय गर्दै आएका १० वटा जीवन बीमा कम्पनीहरुले साउन महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

सरकारले बैदेशिक रोजगारको लागि विदेश जान लागेका आम नागरिकहरुलाई अनिवार्य रुपले जीवन बीमा गर्न आग्रह गरेको छ । वैदेशिक रोजगारको अवधिमा कुनै घटना घटेको अवस्थामा उक्त परिवारलाई आर्थिक समस्याबाट बचाउन म्यादी बीमाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वैदेशिक रोजगार बीमा क्षेत्रमा सन नेपाल लाइफ र एशियन लाइफले एकछत्र राज गर्न सफल भएका छन् ।

वैदेशिक रोजगार बीमामा सन नेपाल लाइफको एकछत्र राज रहेको छ । कम्पनीले साउन महिनामा २७ हजार ८७६ वटा बीमा पोलिसी बापत ११ करोड ७५ लाख २८ हजार रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले साउन महिनामा १२ हजार ४३७ वटा वैदेशिक बीमालेख बापत पाँच करोड ३१ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको मासिक वित्तीय विवरणको आधारमा,

साउन महिनाको अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले चार हजार ७२० वटा बीमालेखबाट एक करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साथै, नेपाल लाइफ इन्स्योरेन्सले तीन हजार ५३ वटा बीमा पोलिसीबाट एक करोड ३३ लाख रुपैयाँ, आइएमई लाइफले दुई सय एक वटा बीमा पोलिसीबाट आठ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफले दुई हजार १२३ वटा बीमा पोलिसी बिक्री गर्दै ९० लाख रुपैयाँ, सिटिजन लाइफले ८१ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक करोड २१ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले एक करोड ३४ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*