राताम्य यात्राको निरन्तरताः १० अर्बको कारोबार, लहलहैमा लाग्दा डुब्यो नवप्रवेशीको लगानी

२३ भाद्र २०८१, आईतवार १५:०८

काठमाडौँ । लगातार तेस्रो दिन समेत शेयर बजार ओरालो लागेको छ । बजारमा निरन्तर आइरेको गिरावटले लगानीकर्ता निराश बनाइरहेको हो । स्वभाविक रुपमा उचालिएको शेयर बजार अहिले ठुला लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा करेक्सन देखि रहेको तर्क हुँदै आइरहेको छन् ।

दिनभरी सुधारको संकेत गरेको शेयर बजारले अन्तिम समयमा ओरालो लाग्न पुगेको हो । बजार ३२ सय माथि जाने आशले २८।२९ सय परिसूचक हुँदा शेयर खरिद गर्ने लगानीकर्ता दुखित छन् । केहि ठुला लगानीकर्ताको लहलहैमा लाग्दा ससाना लगानीकर्ताको लगानी जोखिममा परेको छ । जसले गर्दा माफियाहरु एक्जिट भएपनि साना लगानीकर्ता शेयर किन्न तिर झुम्मिएको देखिन्छ ।केहि माफियाको समूहले नवप्रवेशी लगानीकर्तालाई शेयर किन्न लगाएर आफु एक्टिज भएर साना लगानीको लगानी खरानीमा पानी जस्तै बनाइरहेका छन् ।

वित्तीय अवस्थामा सबल, नेटवर्थ र प्रतिशेयर आम्दानीमा अब्बल कम्पनीका लगानी गर्नुपर्ने जानकार भनाइ रहेको छ । लाभांश क्षमता बलियो रहेको कम्पनीमा लगानी गर्ने सके भविष्य सुनौलो रहेको तर्क हुँदै आइरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अकंले घटेर २७०१.९० बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पीको २ करोड २१ लाख ५१ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५ करोड ९३ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार १० उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको १.५८ प्रतिशत, विकास बैंक समूहको २.०७ प्रतिशत, फाइनान्स समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४१ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज महुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड शोलु हाइड्रोपावर र मनकामना इन्जिनिरिङको शेयरमा सर्किट लागेको हो ।

यसदिन ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*