तीन लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन सर्वाधिक वृद्धि भएका टप कम्पनी

२३ भाद्र २०८१, आईतवार १५:०८

काठमाडौँ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २५.४६ प्रतिशतले घटेर २७०० को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये १६० वटाको शेयरमूल्य घटेको छ भने ८२ वटाको मात्र शेयरमूल्य बढेको छ । आइतबार कारोबार भएकामध्ये चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार महुली लघुवित्त, श्रीजनशील लघुवित्त, मिड सोलु हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*