रिलायबल नेपाल लाइफको एक दिने अभिकर्ता सशक्तिकरण कार्यक्रम सम्पन्न

२३ भाद्र २०८१, आईतवार १४:३९

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखाले शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर , सक्रिय एजेन्सी र फाइनान्यिल सल्लाहाकारहरुलाई यहि भाद्र २२ गते होटेल सनसाइन प्रा। लि। बिदुरमा कम्पनीका मुख्य बजार प्रबन्धक शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा एक दिने अभिकर्ता सशक्तिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

साथै आ। व। २०८०र८१ मा उत्कृष्ट व्यवसाय गर्ने सिनियर एजेन्सी मेनेजर , एजेन्सी मेनेजर, सक्रिय एजेन्सी हरुलाई सम्मान पनि गरिएको छ। नुवाकोट शाखामा उत्कृष्ट व्यवसाय गर्ने ७० जना भन्दा बढी एजेन्सीहरु सहभागी भएको कार्यक्रम अत्यन्तै भब्य , सभ्य र फलदायी भएको छ । कार्यक्रम पश्चात् अभिकर्ता हरुमा थप उर्जा मिलेको र उत्साहित भएको शाखा प्रबन्धक पन्च बहादुर तामाङले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*