हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’

२३ भाद्र २०८१, आईतवार १२:०८

काठमाडौँ । हुन्डाईले नेपालमा बिक्री वितरण गर्दै आइरहेका गाडीहरु गुणस्तरहीन रहेको तथ्यहरु बाहिर आइरहेको छ । कोरियाली बहुराष्ट्रिय गाडी निर्माता कम्पनी हुन्डाईका गाडिहरुको गुणस्तरमा गम्भिर समस्या देखि रहेको हो । गत बुधबार (भदौ १२ गते) गण्डकी मेडिकल कलेज नजिकै पार्किङमा राखेको हुन्डाई कम्पनीको ‘ग्रान्ड आई १०’ गाडिमा आगजनी भएको छ।

गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा महानगरपालिका–११ मा रहेको मेडिकल कलेज नजिकै पार्किङमा राखिएको गाडिमा एक्कासी आगो लागेपछि उक्त गाडी किनेका ग्राहकहरु सशंकित हुन पुगेका छन् । ‘ग्रान्ड आई १०’ नेपालमा ४० लाखभन्दा बढी बिक्री हुँदै आइरहेको छ ।

यहि बैशाख महिनामा पूर्वी नेपालको बिर्तामोडमा बीच सडकमै हुन्डाई कम्पनीको भेन्यू ब्राण्डको गाडी आफै आगो लागेर जेलर ध्वस्त भएको थियो । उक्त घटना नभएको केहि महिनामा नै पोखरामा पार्किङमा राखेको गाडिमा आगो धन्किएको हो ।

हुन्डाईका गाडी गुणस्तरहीन!, विर्तामोड सडकमा आफै बल्यो भेन्यू्

नेपालमा बिक्री वितरण हुने होन्डाई कम्पनीका गाडीहरु भारतमा निर्मित भएपनि कोरियाली भनेर बिक्री वितरण हुँदै आएको छ । भारतबाट ल्याइएका होन्डाई कम्पनीका गाडीहरुमा अनेकौं कैफियतहरु भएपनि फिर्ता गर्न होण्डाईले अटेर गर्दै आएको छ भने नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि चासो देखाएको छैन । हुन्डाईका गाडिमा आगलागी हुने समस्या निरन्तर बढ्दो क्रममा रहेपनि कम्पनी यस्ता गल्ती सुधार गर्नुभन्दा घटना लुकाउन तिर लागि परेको देखिन्छ ।

बैशाखमा बिर्तामोडको बीच सडकमै हुन्डाई कम्पनीको जलि रहेको भेन्यू

हुन्डाई मोटरका लागि नेपालको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का कार्यकारी निर्देशक अन्जन श्रेष्ठसँग सो विषयमा बुझ्न खोज्दा सम्पर्कमा नै आएन चाहेनन् । पछिल्लो समय होन्डाईका गुणस्तरहीन गाडिमा देखिएको समस्याका कारण ग्राहकहरुले सास्ती भोग्नु परेको छ । जस कारण कम्पनीको व्यापार समेत निरन्तर खुम्चिदै गएको हो ।

विश्व बजारमा नै कम्पनीले उत्पादन गर्ने गाडिमा देखिएको समस्याले ग्राहकहरुले हैरानी व्यहोर्नु परेको छ । अन्र्तराष्ट्रिय बजारमा समेत हुन्डाईका लागि आगजनी हुने घटनाहरु बाहिर आइरहेको पाइन्छ ।

सन् २००९ र २०१० जापानी कम्पनी टोयाटाले स्वचालित रुपमा एक्सिलेटर बढाउने समस्या देखिएपछि विश्वभरबाट एक करोड वटा गाडी फिर्ता गरेको थियो ।

हेर्दा आकर्षक तर गुणस्तरमा गम्भिर समस्या उत्पन्न भएपछि पछिल्लो समय कम्पनीका गाडिहरु खरिद हुनै छोडेका छन् । बजारमा आएका नयाँ ब्रान्डसँग प्रतिस्पर्धी गर्ने नसक्नु, बेला बेला आगलागी भइरहनु तथा पाठपूर्जामा देखि राखिने समस्या कारण हुन्डाई गाडि बिक्री हुन छोड्का हुन । शक्तिकै भरमा हुन्डाईले सरकारी निकायहरुले खरिद गर्ने गाडिहरुका समेत आफ्नो एकाअधिकार जमाई लुटतन्त्र चलाई रहेकोछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*