हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२३ भाद्र २०८१, आईतवार १०:२८

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न तीन पदमा कर्मचारी माग गरेको हो ।

काठमाडौँको थापागाँउमा केन्द्रिय कार्यालय रहेको कम्पनीले एचआर म्यानेजर, लोजीस्टीक्स एण्ड एडमीन म्यानेजर र कमुनीकेशन एण्ड कस्टोमर सर्भिस अफिसर पदमा एक जनाका दरले कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले कम्पनीको आधिकारीक इमेल मार्फत आवश्यक कागजात समावेश गरी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सूचना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*