भगवती हाइड्रोपावरले गर्‍यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

२३ भाद्र २०८१, आईतवार १०:२०

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको भदौ २२ गते शनिबार बसेकोसञ्चालक समितिको बैठकले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँ नगद लाभांश (नगद लाभांश र बोनस शेयरमा लाग्ने कर समेत) र चुक्तापूँजीको ४ प्रतिशतले बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश तथा बोनस शेयर विद्युत् नियमन आयोग तथा कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले वितरण गरिनेछ ।

साथै कम्पनीले २४ औं वार्षिक साधारण सभा आगामी असोज १६ गते बुधबार बिहान ११ बजे बोलाएको छ । सभा अर्पण ब्याङ्केट, थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बस्ने छ ।

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि असोज २ गते एक दिन बुक क्लोज गर्ने भएको हुँदा असोज १ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*