आज कुन विदेशी मुद्राको विनियमयदर कस्तो रहेको छ ?
२३ भाद्र २०८१, आईतवार १०:१४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राहरुको विनिमयदरको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार आइतबार एक यूएस डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
त्यस्तै, १ यूरोको बिक्रीदर १४९ रुपैयाँ ६२ पैसा, १ अष्ट्रेलियन डलरको बिक्रीदर ९० रुपैयाँ ६६ पैसा छ भने जापनिज एनको ९ रुपैयाँ ४१ पैसा रहेको छ ।
आज १ कुवेती दिनारको बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा र खरिददर ४३८ रुपैयाँ ९१ पैसा रहेको छ भने बहराइन दिनारको बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा रहेको छ ।