ग्रीनलाइफ हाइड्रोपावरको १० लाख कित्ता सेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

२३ भाद्र २०८१, आईतवार १०:०१

काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम रहेका संस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (साउन २३ गते) बाट ३५ दिन भित्र कम्पनीको कार्यालय, कमलादी काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*