दुर्गा प्रसाईको लामो सघंर्षपछि बीएन्डसी कलेजले एमबीबीएस अध्यापन गराउने पायाे स्वीकृति, बैंकको सबै ऋण तिर्ने प्रतिबद्धता

२२ भाद्र २०८१, शनिबार १२:२६

दुर्गा प्रसाईको लामो सघंर्षपछि बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह ९एमबीबीएस०मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।

कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए ।

विर्तामोड नगरपालिका वडा नं। ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

नेपाल सरकारबाट वि।सं।२०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए ।

सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए ।

विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माले जानकारी दिनुभयो । पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनले बताए ।

सरकारले आफूलाई १३ वर्षसम्म अन्यायमा गरिरहेको अवस्थामा सर्वोच्च अदालतले न्याय दिएको भन्दै उनले खुसी व्यक्त गरे ।  उनले अब बैंकको ऋण पनि तिर्ने बताए ।

‘हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिएर १३ वर्षसम्म सम्बन्धन रोक्दै रुवाएर, तड्पाएर राखेका थिए, उनले भने, सर्वोच्च अदालतबाट सम्बन्धन दिने आदेश हुँदा देशमा न्याय मरेको छैन भन्ने प्रमाणित भयो । न्यायपालिकालाई धन्यवाद दिन्छु ।’

सम्बन्धन पाएसँगै मेडिकल कलेज चलाएर बैंकको सबै ऋण तिर्ने प्रतिबद्धता पनि प्रसाईंले जनाएका छन् ।

‘मेडिकल कलेजले सम्बन्धन पायो । अब म बैंकको पैसा तिर्छु । तर अब देश बचाउने मेरो लडाइँ झन् सशक्त हुन्छु, उनले भने, मेडिकल कलेजले सम्बन्धन पाएपछि अबसँग पैसा पनि हुन्छ, लडाइँ झन् आक्रमक हुन्छ । दायाँबायाँ हुँदैन, प्रष्ट यही हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*