नेप्सेमा सूचीकृत चिरख्वा हाइड्रोपावरको रेटिङ घट्यो, यस्तो छ कारण

२१ भाद्र २०८१, शुक्रबार १९:०५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चिरख्वा हाइड्रोपावर लिमिटेडलाई प्रदान गरेको रेटिङ डाउनग्रेड गरेको छ । इक्रा नेपालले कम्पनीलाई यसअघि प्रदान गरेको रेटिङ घटाएको हो ।

कम्पनीलाई प्रदान गरेको रेटिङ [ICRANP-IR] BB  लाई [ICRANP-IR] D मा डाउनग्रेड गरेको हो । कम्पनीले ऋण दायित्वहरु सेवा गर्न ढिलाइ गरेको कारण रेटिङ डाउनग्रेड गरिएको हो । समयमा वित्तीय दायित्व पूरा गर्न चुकिसकेको वा निकटमा चुक्ने अपेक्षा गरिएका हुनेलाई उक्त रेटिङ प्रदान गर्ने गरेको छ।

यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले जनाएको छ । कम्पनीले लक ट्रम र सर्ट ट्रम लोनका लागि ४५ करोड५० लाख रुपैयाँसम्म लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*