गृहसचिवमा गोकर्णमणि दुवाडी, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय

२१ भाद्र २०८१, शुक्रबार १७:०५

काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । जस अनुसार सरकारले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृहसचिव बनाउने निर्णय गरेको हो ।

साथै, सरकारले अर्थमन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई सञ्चयकोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नै उक्त निर्णय गरेको हो ।

बैठकले २०८१ साल भदौ ३१ मा काठमाडौँमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सातौँ बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गर्ने र वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले यी लगायत अन्य २४ वटा निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*