विद्यार्थी बाहिरिँदा वर्षदिनमा १२५ अर्ब विदेशियो, शैक्षिक ऋण दिन बैंकहरुको प्रतिस्पर्धा

२१ भाद्र २०८१, शुक्रबार १७:०२

काठमाडौँ । नेपालबाट उच्च शिक्षाका लागि विदेशी भूमिमा जाने विद्याथीहरुको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । माध्यामिक शिक्षा हासिल गरीसकेपछि उच्च शिक्षाका अध्ययनका लागि विदेश जाने लहर नै चलेको देखिन्छ । स्वदेशी शिक्षाबाट टाढिएर विदेशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा आर्जन हेतू लाखौं विद्यार्थी विद्यार्थीहरुले शिक्षा मन्त्रालयबाट एनओसी लिने गरेका छन् । सो पश्चात भिसा पाउने विद्यार्थीहरु विदेशीने गरेका हुन् ।

रोजगारी खोज्दै विदेशिनेको सख्या बढिरहेका बेला शिक्षा क्षेत्रमा देखिएका समस्याले विद्यार्थीहरु समेत विदेशिने गरेका छन् । नेपालका विश्वविद्यालयहरु रित्तिएका छन् । पढाइपछिको रोजगारीको चिन्ताले लाखौं खर्च गरेर अध्ययनका लागि विदेशिनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक लर्को लाग्ने गरेको छ । स्वदेशमा ४÷५ लाखमा रुपैयाँले पुरै कोर्स सकिने सेमेस्टरमा नेपाली विद्यार्थीहरु विदेशीएर एकै सेमेस्टरमा ५ लाखभन्दा खर्चनु परेको छ । अविभावकहरुमा समेत नेपालको शिक्षाप्रतिको विश्वास गुम्दै जाँदा घरखेत बेचेर भएपनि आफ्ना छोराछोरीलाई विदेश पठाउन बाध्य भएका छन् ।

नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया, अमेरिका, भारत, यूके, युरोप, क्यानडा जापान, चीन, बंगलादेशलगायतका मुलुकमा धेरै विद्यार्थी जान्छन् । शिक्षामन्त्रालयको तथ्यांक अनुसार ७८ देशमा अध्ययन गर्नका लागि विद्यार्थीहरुले अनुमति माग गरेका छन् ।

बाहिरियो शिक्षाबाट एक वर्षमा १ खर्ब २५ अर्ब
गत आर्थिक वर्ष २०८०।०८१ माा उच्च शिक्षा अध्ययनका नाममा करिब १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा शिक्षाका लागि बाहिरिने विद्यार्थीहरुबाट १ खर्ब २५ अर्ब १३ करोड १९ लाख रुपैयाँ बाहिरिएको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७९।०८० को तुलनामा २४.६० प्रतिशतले बढी हो ।

शिक्षाबाट दिनप्रति दिन बाहिरिने रकमको आंकडाले नयाँ उचाई कायम गरिरहेको छ । अघिल्लो आर्थिक वर्षमा शिक्षाका नाममा १ खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो । त्यसरी अध्ययनका लागि वार्षिक लाखौको संख्यामा विद्यार्थी गइरहेका छन् । विदेश गएका विद्यार्थीबाट संकलन हुने राजस्वमा वृद्धि भएको छ । जापान र अष्ट्रेलिया जानेको तथ्याङ्क सबैभन्दा बढी छ ।

नेपालको शिक्षा अन्तर्राष्ट्रिय अभ्यास अनुकुल नहुँदा अध्ययनका लागि विद्यार्थीहरु विदेशिने गरेको शिक्षाविद् डा.विद्यानाथ कोइराला बताउँछन् । नेपालको शिक्षा लचिलो नहुनु तथा विदेशीमैत्री बनाउन नसकिदा शिक्षाबाट मटो रकम बाहिरने गरेको उनको भनाईछ ।

प्रत्येक विद्यार्थीले गरेर खाने सिप सिकाउन नसकेसम्म उनीहरुलाई स्वदेशमा रोक्न नसकिने डा. कोइरालाले बताए । उनले भने, ‘विदेश जाने विद्यार्थीले समेत राता रात भर्ना पाउने भन्ने होइन । उनीहरुले पढ्ने भनेको पार्टटाइम कलेजमा हो । नेपालमा पार्टटाइम कोर्स कलेज किन बनाउन न सकेको हो ? पार्टटाइम कोर्स बनायौँ भने पनि केहीहदमा विद्यार्थी रोक्न सक्छौ ।’

विदेश अध्ययनका लागि बैंकले दिदैछन् ऋण
अधिकांश नेपाली विद्यार्थीका अभिभावकले सम्पूर्ण रुपैयाँ खर्च गरेर विदेशी भूमिका सन्तान पढाउन सक्दैनन् । आफ्ना छोराछोरीलाई विदेश पढाउनका लागि बैंकबाट शैक्षिक कर्जा दिने गरेका छन् ।

विद्यार्थीका लागि शैक्षिक कर्जा दिनका लागि विभिन्न बैंकले आ–आफ्नै मापदण्ड बनाएका हुन्छन् । जसमा उनीहरुको मासिक आम्दानी कति छ ? त्यसका लागि आवश्यक धितो, कर चुक्ताको प्रमाणपत्र, अडिट रिपोर्ट आदि हेर्छन् । यसका साथै विद्यार्थीका लागि लाग्ने आवश्यक खर्च कति छ त्यसका आधारमा पनि लोन दिने गरेको पाइन्छ । जसका लागि बैंकहरुले मासिक लाखौं रुपैयाँ आम्दानीको स्रोत तथा ऋणका लागि आवश्यक धितो र कर चुक्ताको प्रमाणपत्र आधारमा ऋण उपलब्ध गराउँदै आएका छन् ।

शैक्षिक कर्जा लिनका लागि बैंकमा नागरिकता, पासपोर्टसँगै फोटो चाहिन्छ । साथसाथै ऋणका लागि नाता प्रमाणित प्रमाणपत्र, विवाह गरेको त्यसको पनि प्रमाणपत्र, कुनै कम्पनी वा संस्था भए त्यसको कागजपत्र, प्यान÷भ्याटको दर्ता कागज, विश्वविद्यालय वा कलेजको सीईओ, शिक्षामन्त्रालयबाट प्राप्त एनओसी आवश्यक पर्छ ।

साथै, धितोका रुपमा जग्गाको लालपुर्जा पनि चाहिन्छ । कर चुक्ता प्रमाणपत्र पनि चाहिन्छ । त्यस्तै, आम्दानीको स्रोत चाहिन्छ । यती कागजपत्र बुझाएपछि बैंकको नियमअनुसार केही समयपछि लोन स्वीकृत हुन्छ ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थी कर समेत तिर्नु पर्दछ । सरकारले सार्वजनिक गरेको आर्थिक बिद्येयक २०८१ मा सो कुरा उल्लेख गरेको छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षणा शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा तीन प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल गरिने गरेको छ । सरकारलाई बुझाउने यो रकम सम्बन्धितले बैंकमै जम्मा गरिदिनुपर्छ भने बैंकले सरकारलाई बुझाउनुपर्छ । त्यसबाहेक पनि बैंकले आफूले दिएको सेवा वापत केही शुल्क लिन सक्छन् ।

कुन बैंकको ब्याजदर कति ?

 

 

 

One thought on “विद्यार्थी बाहिरिँदा वर्षदिनमा १२५ अर्ब विदेशियो, शैक्षिक ऋण दिन बैंकहरुको प्रतिस्पर्धा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*