आफूखुसी ‍शुल्क नलिन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन

२१ भाद्र २०८१, शुक्रबार १४:०९

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई ग्राहकबाट आफूखुसी ‍शुल्क नलिन निर्देशन दिएको छ ।

आर्थिक विश्लेषण शाखामार्फत जारी गरेको परिपत्रमा ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणबाट स्वीकृति प्राप्त गरेर मात्र लागू हुनुपर्ने जनाएको हो ।

केही इन्टरनेट सेवा प्रदायकहरूले सेवाका शुल्क तथा महसुल दर स्वीकृत नगरी सामाजिक सञ्जाल, पत्रपत्रिका र आफ्नै वेबसाइटहरूमा सूचना प्रकाशित गरी कार्यान्वयन गरेको पाइएको भन्दै प्राधिकरणले यो कार्य कानूनी व्यवस्था विपरीत रहेको स्मरण गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*