एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

२१ भाद्र २०८१, शुक्रबार १३:४१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो ।

बैंकको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाटबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरूमा वितरण गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*