आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर, कति चाहिन्छ योग्यता?

२१ भाद्र २०८१, शुक्रबार १२:४४

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका विभिन्न ब्रान्चहरूका लागि मेनेजर माग गरेको छ ।

कम्पनीले कोशी प्रदेशको धनकुटा, सोलुखुम्बु, बसन्तपुर र बुधबारे ब्रान्च, मधेश प्रदेशको बर्दीबास र चन्द्रपुर ब्रान्च, बागमती प्रदेशको स्वयम्भू ब्रान्च, गण्डकी प्रदेशको पोखरा र गल्कोट ब्रान्च, लुम्बिनी प्रदेशको राजपुर, भैरहवा, रामपुर, सम्शेरगञ्ज, चन्द्रौटा र रोल्पा ब्रान्च र सुदूरपश्चिम प्रदेशको बैतडी, बेलौरी, दिपायल, भजनी र पुनर्वास ब्रान्चका लागि आवेदन खुलाएको हो ।

यसका लागि ब्याचलर डिग्री उत्तीर्ण गरेका, सम्बन्धित क्षेत्रमा कार्य गरेको अनुभव भएको, २३ वर्ष उमेर पूरा भई ३५ नकटेका र कम्प्यूटर सम्बन्धी ज्ञान हासिल गरेकाले आवेदन दिन पाउँछन् ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित तोकिएको माध्यमबाट दरखास्त आवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*