नक्सालस्थित प्रहरी हेडक्वाटरसँगैको टेस्ला शोरुममा आगलागी, करोडौं रुपैयाँको क्षति (भिडियोसहित)

२१ भाद्र २०८१, शुक्रबार १२:५०

काठमाडौं । राजधानी काठमाडौंको नक्सालमा रहेको नेपाल प्रहरीको मुख्यालयसँगै रहेको टेस्ला गाडीको शोरुममा आगोलागी भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास श्रेष्ठका अनुसार आज अपरान्ह ११ बजेको समयमा विद्युत सर्किट भएर आगलागी भएको थियो ।

अहिले उक्त आगो निभाउन जुद्धबारुण यन्त्रको दमकल घटनास्थलमा पुगिसकेको छ । विश्वकै सर्वाधिक विलासी र महंगो गाडी टेस्ला बिक्री गर्ने गोदाममा आगो भएको हो ।

जुद्धबारुणयन्त्र काठमाडौंले भने आगोलागी भर्खरै नियन्त्रणमा आइसकेको जनाएको छ । काठमाडौंस्थित टेस्ला गाडी शोरुम विवादित व्यापारी राजेश अडुकियाको लगानीमा सञ्चालित छ ।

सीईओ श्रेष्ठका अनुसार करौडौ रुपैयाँका पाटपूर्जाहरु जलेर नष्ट भएका छन् । कुनै पनि मानबिय क्षति चाँही भएको छैन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*