जन्मदिनको अवसरमा सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

२१ भाद्र २०८१, शुक्रबार १२:१४

काठमाडौँ । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ । आम नागरिकहरुलाई बीमा सम्बन्धि जनचेतना बृद्धि हुदै गएका कारण बीमा पोलिसीलाई उपहार स्वरुप दिने प्रचलन आएको हो ।

यसैक्रममा सूदुरपश्चिम प्रदेशको अछाम जिल्लाको प्रदेबान्नीगढी जयगढ गा।पा। वडा नम्बर ६ अछाम निवासी जमुना देवी कठायत र बल बहादुर कठायत दम्पतीले आफ्नो फजुल खर्च कटौती गरि छोरा प्रशान्त कठायतको जन्म दिनको अवसर पारि छोराको उज्ज्वल भबिष्यको निम्ति सूर्यज्योति लाइफको बीमा पोलिसी उपहार दिएका छन् ।

दुई शब्द फेसबुकमा लेखेर, मुखले बोलेर मात्र नभई जस्तो सुकै अबस्थामा पनि छोराको उज्ज्वल भविष्य निर्माण गर्ने उदेश्यले उनीहरुले सूर्यज्योति लाइफको सर्बाधिक ३५ घातक रोग बिरुद्धको सुबिधा, दुर्घटना सुबिधा, अशक्त सुबिधा र बीमाको किस्ता छुट सुबिधा सहितको  ५ लाख रुपैयाँको बीमा पोलिसि उपहार दिएका छन ।

कठायत दम्पतिको सोच र कामप्रति खुशी व्यक्त गर्दै कम्पनीको अछाम शाखा प्रमुख गणेश साउँदले बीमा पोलिसी परिपक्क भएपश्चात बीमितको अध्ययन तथा विभिन्न समस्याको सामना गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*