रिलायबल नेपाल लाइफको चौतारा शाखाद्वारा दाबी भुक्तानी

२१ भाद्र २०८१, शुक्रबार ११:४८

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउपालिका वडा नं १ सिम्पालकाभ्रे घर भएकी मृतक बीमित कान्छी तामाङकी श्रीमान दिल बहादुर तामाङलाई दाबी बापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको चौतारास्थित शाखा कार्यालयमा बीमितकी श्रीमानलाई १ लाख ३ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

कम्पनीका अनुसार मृतक बीमितले चौतारा शाखा कार्यालयबाट १ लाख रुपैयाँको आजीवन जीवन बीमा पोलिसी खरीद गरेकी थिइन् । असार १७ गते एक किस्ता तिरेर बीमा गरेकी कान्छी तामाङको २१ दिन नपुग्दै निधन भएको थियो ।बीमितको निधन भएपछि आवश्यक सम्पूर्ण कागजात जुटाएर कम्पनीले बीमितकी श्रीमानलाई दाबी भुक्तानी दिएको हो ।

रिलायबल लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक लक्ष्मण बिष्टले जीवन बीमाले आर्थिक रूपमा सहयोग गर्ने भएकाले सबैलाई बीमा गराउन आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*