१२ प्रतिशत लाभांश प्रस्ताव गरेको माण्डु हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

२१ भाद्र २०८१, शुक्रबार १०:३७

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असोज १४ गते १३औं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो ।

कम्पनीले हालैमात्र १२ प्रतिशत लाभांश कर कट्टी गरी वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सोही प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, आय व्यय विवरण र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै लाभाशं पाउन र सभामा उपस्थित हुन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*