लाभांश प्रस्तावसहित मुक्तिनाथ क्यापिटलले डाक्यो साधारणसभा

२१ भाद्र २०८१, शुक्रबार ०९:५८

काठमाडौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौंमा अपरान्ह ४ बजे शुरू हुनेछ ।

सभामा क्यापिटलले ७.५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*