आरविवि म्युचुअल फण्डका दुई बन्दमुखी योजनाको बुक क्लोज तय

२१ भाद्र २०८१, शुक्रबार ०७:१८

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरूले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् ।

प्रतिफल वितरण प्रयोजनार्थ आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले भदौ ३१ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएका छन् । यस आधारमा भदौ ३० गतेसम्म कायम इकाईधनीहरूले यी फण्डहरूले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

आरविवि म्युचुअल फण्ड १ ले करसहित ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ ले करसहित ८.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*