आइएमई लाइफद्वारा बीमितको आगनमै पुगेर बीमा दावीको रकम हस्तान्तरण

२० भाद्र २०८१, बिहीबार १८:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको अत्तरिया शाखा कार्यालयले बीमितको घरमै गएर दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बीमित स्वर्गिय देव सिह महताको घर आगनमै गएर उनकी श्रीमती शोभा खड्का महतालाई बीमा दावी बापतको १२ लाख ५२ हजार रुपैयाँको चक हस्तान्तरण गरेको छ ।

बीमा दावी भुक्तानी कार्यक्रममा कम्पनीको अत्तरिया शाखा प्रमुख लक्ष्मण महता, प्रदेश संयोजक किशोर कुमार मल्ल, धनगढी एरियाका एबिएम प्रेमलाल राना, चिफ एजेन्सी म्यानेजर नव उपाध्याय , एजेन्सी म्यानेजर जयन्ती कुमारी बिष्ट लगायतको टिमका साथै वेदकोट नगरपालिका १० का वडाअध्यक्ष रतन बिष्ट, स्वर्गिय देव सिह महताको घरमै उपस्थित भई बीमितकी श्रीमती शोभा खड्का महतालाई मृत्यु दावि वापतको रकम उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।

स्वर्गिय बीमित देव सिह महताले २०८० भदौ महिनामा १० लाख बिमाङ्क वाफत बार्षिक किस्ता ५५ हजार ४५० रुपैयाँ भुक्तानी गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*