छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

२० भाद्र २०८१, बिहीबार १६:३२

काठमाडौँ । बदलिँदो समयसँगै चाडपर्व र उत्सवादि मनाउँने प्रचलनमा पनि परिवर्तन देखा पर्न थालेको छ । समाज आधुनिकतातर्फ जाँदैगर्दा पुराना शैलीलाई पनि नयाँ शैलीले प्रतिस्थापन गर्ने क्रम बढ्दो रूपमा छ । यसैको थप एउटा उदाहरण स्वरूप लमजुङमा छोरालाई जन्मदिनमा आमाले अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिएकी छन् ।

लमजुङ जिल्लाको राइनास – ०८ की सविना श्रेष्ठले आफ्नो छोरा श्रवण कुमार श्रेष्ठको जन्मदिनमा रिलायबल नेपाल लाइफको ‘रिलायबल सुलभ वाल जीवन प्लस बीमा योजना’ उपहार दिएकी हुन् । उनले आफ्नो छोराको भविष्यको ख्याल गर्दै १६ वर्षे अवधिको उक्त बीमा पोलिसी उपहारमा दिएको कम्पनीले बताएको छ ।

लमजुङ शाखाका प्रमुख राजु गुरुङको उपस्थितिमा उक्त बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*