साउन महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क ११ प्रतिशतले बढ्यो, कुनको कति ?

२० भाद्र २०८१, बिहीबार १६:१५

काठमाडौं । चालु आवको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ११ प्रतिशतले बृद्धि भएको छ । आज प्रकाशित विवरण अनुसार सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ ।

नेपाल लाइफको प्रथम बीमा शुल्क १४.८३ प्रतिशतले बृद्धि भई ५६ करोडबाट बढेर ६४ करोड नाघेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफको प्रथम बीमा शुल्क सर्वाधिक ६९.६९ प्रतिशतले बृद्धि भई २४ करोडबाट बढेर ४१ करोड पुगेको छ ।

त्यस्तै, हिमालयन लाइफको प्रथम बीमा शुल्क २० करोडबाट २७ करोड पुगेको छ । साथै एलआईसी नेपालको प्रथम बीमा शुल्क १६ करोडबाट बढेर २० करोड पुगेको छ । सुर्यज्योति लाइफको प्रथम बीमा शुल्क खासै बृद्धि भएको छैन । १९ करोड ६१ लाखरुपैयाँबाट बढेर १९ करोड ९१ लाख पुगेको छ ।

त्यस्तै, सिटिजन लाइफको प्रथम बीमा शुल्क १४ करोडबाट १९ करोड ४९ लाख पुगेको छ । एशियन लाइफको प्रथम बीमा शुल्क १० करोड संकलन गरेको छ । त्यस्तै, मेनट लाइफले पनि १० करोड, रिलायबल नेपाल लाइफले आठ करोड ९६ लाख, आइएमई लाइफको आठ करोड ३२ लाख, सानिमा रिलायन्स सात करोड ९८ लाख, प्रभु महालक्ष्मी लाइफको सात करोड ७६ लाख, सन नेपाल लाइफको चार करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*