साउन महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १८ अर्बमाथि, पाँच अर्बसहित नेपाल लाइफ सबैभन्दा अगाडि

२० भाद्र २०८१, बिहीबार १५:५२

काठमाडौं । चालु आवको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको व्यवसाय १८ अर्ब ५३ करोड रहेको छ । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले पहिलो महिनामा सामान्य बृद्धि भएको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ । सो कम्पनीले साउनमा पाँच अर्ब ७१ करोड बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रो नम्वरमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफले दुई अर्ब २६ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

त्यस्तै, तेस्रो नम्वरमा एलआईसी नेपाल परेको छ । सो कम्पनीले दुई अर्ब सात करोड रुपैयाँ कूल व्यवसाय गरेको छ । त्यस्तै एशियन लाइफले ९२ करोड रुपैयाँको व्यवसाय गर्दा सिटिजन लाइफ ७६ करोड, सुर्यज्योति लाइफको एक अर्ब १२ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

त्यस्तै, आइएमई लाइफको व्यवसाय ५४ करोड हुँदा सन नेपाल लाइफको ४४ करोड माथि व्यवसाय गरेको छ । विवरण अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको ४३ करोड २५ लाखको बीमा व्यवसाय गर्दा रिलायबल नेपाल लाइफले ४९ करोड, सानिमा रिलायन्स ६७ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*