ग्रामीण विकास लघुवित्त र ई–सेवाबीच सम्झौता

२० भाद्र २०८१, बिहीबार १५:१८

काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र ई– सेवा बीच विभिन्न विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार संस्था र ई– सेवा बीच नगद भूक्तानीलाई अनलाइन डिजीटल मार्फत सेवा सञ्चालन गर्न सहयोग पुग्ने भएको छ ।

यस सम्झौता अनुसार ई– सेवा प्लेटफर्ममार्फत संस्थामा आवद्ध ग्राहक सदस्यहरुले कर्जाको सांवा व्याज र बचत रकम जम्मा तथा भुक्तानी गर्न सक्नेछन् । यसरीे ग्राहक सदस्यहरुले कुनै पनि समयमा ई– सेवा मार्फत रकम भुक्तानी गर्दा तत्कालै खाता क्रेडिट गरी भुक्तानी प्रकृया सहज र सरल हुने भएको छ ।

उक्त सम्झौतामा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाल र ई– सेवाका तर्फबाट बुटवल शाखाका प्रमुख रविन्द्र पोख्रेलले हस्ताक्षर गरेका छन्। सो अवसरमा संस्थाका अनुपालन तथा जोखिम व्यवस्थापन महाशाखा प्रमुख का.मु. मुख्य व्यवस्थापक पिताम्बर नेपाल र ई–सेवा बुटवल शाखाका अधिकृत लक्ष्मण ज्ञवाली समेतको उपस्थिति रहेको थियो ।

लघुवित्तको कारोवार गर्न राष्ट्रियस्तरको संस्थाको रुपमा इजाजतपत्रप्राप्त ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले हाल ५६ जिल्लामा १ सय ८९ शाखा कार्यालय मार्फत ग्रामीण क्षेत्रमा बसोवास गर्ने २ लाख १६ हजार भन्दा बढी विपन्न वर्गका सदस्य विशेष गरी महिलाहरुको आर्थिक तथा सामाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरु प्रदान गर्दै आइरहेकोमा ग्राहक सदस्यहरुको सुविधाका लागि अनलाइन डिजीटल मार्फत सेवा विस्तार गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*