आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन उच्च वृद्धि भएका टप कम्पनीहरु

२० भाद्र २०८१, बिहीबार १५:१५

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज कारोबार भएका कम्पनीहरुमध्ये १०१ वटाको शेयरमूल्य बढेको छ । जसमा आत्मनिर्भर लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज युजिक नेपाल लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावर, गूडविल फाइनान्स लगायतका कम्पनीहरुको शेयरमूल्य उच्च प्रतिशतले वृद्धि भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*