शेयर बजारमा सोझा फस्दै र बाठा एक्जिट हुँदैः कारोबार र परिसूचक निरन्तर खुम्चिदै

२० भाद्र २०८१, बिहीबार १५:०६

काठमाडौँ । शेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ । अस्वभाविक रुपमा उचालिएको बजार पछिल्लो समय खुम्चि रहेको हो । बजार ओरालो लाग्नुलाई कतिपयले करेक्सन भन्दै आइरहेका छन् भने कतिपयले राजनीति अस्थिरताको संकेतलाई लिइरहेको छन् । परिसूचक ३ हजार हुँदा शेयर खरिद गर्ने लगानीकर्ता चिन्तित बनेका छन् । कुनैसमय ३२ सय परिसूचकमा नेप्से पुग्दा २८।२९ सय परिसूचक हुँदा शेयर किन्ने लगानीकर्ता कति विदेशीय भने कतिले आत्महत्या नै गरे । सो अवस्थाको सिको गर्दै वित्तीय अवस्थामा बलियो, लाभांश दिन सक्ने र नेटवर्थ राम्रो भएको कम्पनीका लगानी गर्ने जानकारहरुको सुझाव छ ।

प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा बनेको सरकार ढल्ने चर्चा भएसँगै बजार ओरालो यात्रामा लागि रहेको छ । बजारमा आएको गिरावटपछि एक्जिट हुनेहरु समेत झुम्मिएका छन् । सरकार ढलेसँगै लगानीकर्ताले मन पराएका अर्थमन्त्री विष्णु पौडल पनि पदमुक्त हुनेछन् । सोहि त्रासले अहिले अधिकांश लगानीकर्ता शेयर बिक्री गर्ने तिर हाबि भएका हुन् । बजार ओरालो लागि रहेको बेला नाफा बुक गरेर लगानी सुरक्षित गर्नुपर्ने तर्क जानकारहरुका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१० अकंले घटेर २७२७.३६ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भइरहेको छ ।

साताको अन्तिम दिन ११ उपसूचकमा राताम्य लागेको छ । यसदिन बैंकिङ समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.१३ प्रतिशत, फाइनान्स समूहको ०.५३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्यमा गिरावट देखिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*