नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको सर्वाधिक कारोबार

२० भाद्र २०८१, बिहीबार १५:०७

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेपनि पछिल्लो समय नेपाल फाइनान्सको शेयर कारोबार दैनिक रुपमा बृद्धि हुदै गएको छ । आज पनि नेपाल फाइनान्सको ३६ करोड १४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, आज एनएलजी इन्स्योरेन्सको ३४ करोड २० लाख रुपैयाँ, गूडविल फाइनान्सको २९ करोढ ९६ लाख रुपैयाँ, हिमालयन रि इन्स्यारेन्सको २८ करोड र अपि पावरको २२ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*