बजारमा गिरावटले निरन्तरता, परिसूचक ३ हजार पुग्दा शेयर किन्ने लगानीकर्ता चिन्तित

२० भाद्र २०८१, बिहीबार १२:५२

काठमाडौँ । बिहिबार पनि शेयर बजारमा गिरावटले निरन्तरता पाइरहेको छ । अस्वभाविक रुपमा उचालिएको बजार पछिल्लो समय खुम्चि रहेको हो । आज बजार खुलेदेखि नै ओरालो यात्रा तिर अग्रसर अगाडि बढी रहेको छ ।

बजार ओरालो लाग्नुलाई कतिपयले करेक्सन भन्दै आइरहेका छन् भने कतिपयले राजनीति अस्थिरताको संकेतलाई लिइरहेको छन् । परिसूचक ३ हजार हुँदा शेयर खरिद गर्ने लगानीकर्ता चिन्तित बनेका छन् । कुनैसमय ३२ सय परिसूचकमा नेप्से पुग्दा २८।२९ सय परिसूचक हुँदा शेयर किन्ने लगानीकर्ता कति विदेशीय भने कतिले आत्महत्या नै गरे । सो अवस्थाको सिको गर्दै वित्तीय अवस्थामा बलियो, लाभांश दिन सक्ने र नेटवर्थ राम्रो भएको कम्पनीका लगानी गर्ने जानकारहरुको सुझाव छ ।

यो समाचार तयार पार्दा अर्थात् १२ः५० बजेसम्ममा नेप्से ४५.२८ अकंले घटेर २६९४ बिन्दुमा आइपुगेको छ । यो समयसम्ममा ३ अर्ब ९५ करोडको शेयर खरिद बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*