गाडि बिक्री हुनै छोडेपछि पायोनियर मोटोकर्पको नयाँ रणनीति, पुराना ग्राहकलाई ठगेर नयाँलाई १० लाख छुट
काठमाडौँ । चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकर एक्सले नेपाली बजारमा ग्राहक नपाएपछि छुट योजना मार्फत व्यापारको योजना बनाइ रहेको छ । बजारमा नयाँ नयाँ ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्ने नसक्दा कम्पनीले मूल्य घटाएर छुट योजना ल्याई रहेको हो ।
सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा जिकर एक्स नेपाल ल्याएको हो । उक्त गाडि खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँ छुट पाउने छन् । कम्पनीले टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसअघि यसको सुरुआति मूल्य ८९ लाख ९९ हजार रुपैयाँ तोकेको थियो ।
पुराना ग्राहकलाई महङ्गो मूल्यमा भिडाएर कम्पनीले अहिले छुट योजना सार्वजनिक गरेको छ । उक्त गाडि खरिद गर्ने ग्राहक सन्तुष्ट नरहेको समेत पाइएको छ । समयमा नै पाटपूर्जा नपाउने र भनेअनुसारको रेञ्ज नभएको गुनासो पुराना ग्राहकहरुको रहेको छ ।
त्यसैगरी फोर ह्वील ड्राइभ भर्सनको मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकिएको छ । रियर ह्वील ड्राइभमा २०० किलोवाट र अल ह्वील ड्राइभमा ३१५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । ४४० किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।