आरबीबी म्युचुअल फन्ड-१ र -२ को लाभांश घोषणा

२० भाद्र २०८१, बिहीबार ११:३२

काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ २० गते बसेको संचालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र आरबीबी म्युचुअल फन्ड २ को लाभांश घोषणा गरेको हो ।

आरबीबी म्युचुअल फन्ड १ को करसहित ३.८१ प्रतिशत नगद लाभांश र आरबीबी म्युचुअल फन्ड २ को करसहित ८७४ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ । लाभांश प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज मिति तय गरेको हुँदा भदौ ३० गतेसम्म कायम इकाईधनीले लाभांश प्रप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*