नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

२० भाद्र २०८१, बिहीबार ०७:४८

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा राखेको छ । बैंकले शेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको थियो । तर ३५ दिनसम्म पनि शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको छ ।

सो शेयर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*