हकप्रद निष्काशनको तयारीमा ङादी ग्रूप, डाक्यो साधारणसभा

२० भाद्र २०८१, बिहीबार ०७:३९

काठमाडौं । ङादी ग्रूप पावर लिमिटेडको ११औं वार्षिक साधारणसभा असोज १३ गते आइतबार बस्ने भएको छ । भदौ १८ गते बसेको कम्पनीको सञ्चालक समितिले काठमाडैंको धुम्बाराही चोकस्थित लर्ड पार्टी भेन्यूमा विहान ९ बजेदेखि शुरू हुने गरी सभा डाकेको हो ।

सभामा हकप्रद शेयर, संस्थागत सुशासन प्रतिवेदन, सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरणका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र गत आवमा सञ्चालक समितिबाट भएको निर्णय अनुमोदन गर्ने एजेण्डा समावेश छन् ।

साथै मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष एजेण्डा पनि रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सोका आधारमा भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*