यस्तो छ आज डलर, रिंगिट, दिराम र रियालको भाउ

२० भाद्र २०८१, बिहीबार ०६:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २० गतेका लागि विदेशी मुद्राको विमिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३४ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

यस दिन एक साउदी अरेबियन रियाल खरीदका लागि ३५ रुपैयाँ ७२ पैसा र बिक्रीका लागि ३५ रुपैयाँ ८८ पैसा, एक कतारी रियाल खरीदका लागि ३६ रुपैयाँ ७८ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ भने एक यूएई दिराम खरीदका लागि ३६ रुपैयाँ ५० पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक मलेसियन रिंगिटको खरीदभाउ ३० रुपैयाँ ७९ पैसा हुँदा बिक्रीभाउ ३० रुपैयाँ ९३ पैसा छ भने १० जापानिज यनको खरीदभाउ ९ रुपैयाँ २५ पैसा र बिक्रीभाउ ९ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*