बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलनमा गरेः मन्त्री अधिकारी

१९ भाद्र २०८१, बुधबार १७:२४

काठमाडौँ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरेको आरोप लगाएका छन् ।सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरुले नै सहरकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको उल्लेख गरे । उनले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए । उनले भने, ‘सहकारीहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ छ । त्यहाँबाट समस्याको समस्या लिएर आउँदा एकरुपता हुन्छ । अहिले मैले के देख्छु भने सहकारीमा एउटै प्रवृत्तिमा मानिसहरु छैनन् । साना रकम जम्मा गर्ने सहकारी वचतकर्ताहरु वास्तविक सहकारी पीडित हुनुहुन्छ । एकथरी आफूसँग धेरै भएको सम्पती सहकारीमा राख्ने र अर्को थरी बैंकबाट कम ब्याजमा पैसा लिने र सहकारीमा बढी ब्याजमा राख्नेबीचको मुनाफा खाइराख्ने त्यस्ता खाले पनि छन् । अहिले सहकारीमा आन्दोलन गर्नेहरु त्यस्तै मात्रै छन् । आन्दोलनको नेतृत्व गर्नेहरुले पीडितहरुसँग फाइदा लिन पनि पाउने भए । अर्को थरी उद्देश्य पूरा छ भन्नेछन् ।’

उनले सरकारले गठन गरेको सहकारी समस्या समाधान गर्ने समितिमा आन्दोलनरतले छुट्टै प्रतिनिधि खोजेको भन्दै ३१ हजार सहकारीका प्रतिनिधि राख्न नसकिने बताए । अधिकारीले सरकारले ऋण असुली न्यायाधिकरण,कर्जा सूचना केन्द्रका विषयमा काम गरिरहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*