यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई १० लाखसम्म रुपैयाँ क्यासब्याक
काठमाडौँ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले दशैं, तिहार तथा छठपर्वलाई मध्यनजर गरी नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहक योजनाअन्तर्गत ‘बिगेस्ट १०शैँ’ नामक अफर ल्याएको हो ।
यो योजनाअन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यासब्याक उपहार प्राप्त गर्न सक्नेछन् ।
यामाहा नेपालका सीईओ संजीव शुक्ला यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने हुँदा यो अफर आजसम्मकै ठुलो रहेको बताए । उनले यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिने बताइएको छ ।
ग्राहकहरूका लागि शून्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ । यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफजेड भीथ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ ।