नेपाल इन्स्योन्सको डेपुटी सिईओ इश्वर पोखरेलको कार्यकाल थप

१९ भाद्र २०८१, बुधबार १३:५६

काठमाडौं । नेपाल इन्स्योरेन्सको डेपुटी सिईओ इश्वर पोखरेलको कार्यकाल थप भएको छ। कम्पनीको हिजो बसेको बोर्डको बैठकले डेपुटी सिईओ पोखरेलको कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

पोखरेलको कार्यकाल भदौ १५ गतेबाट पदावधि सकिएको थियो ।

बैंक तथा वित्तिय संस्थामा २ दशकको अनुभव बोकेका डेपुटी सिईओ इश्वर पोखरेलले कम्पनीमै एक्टिङ सिईको भूमिका समेत भूमिका निर्वाह गरेको अनुभव समेत रहेको छ।

पोखरेलको नेपाल इन्स्योरेन्स बीमा क्षेत्रमा पहिलो अनुभव बटुलेको कम्पनी पनि हो ।

पोखरेलसँग अध्यापन, टेलिकम र बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एमबीएससम्मको अध्ययन गरेका पोखरेलले कम्पनीको गुणस्तरिय व्यवसाय विस्तारमा भूमिका खेल्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*