नेपाल लाइफको मोटिभेसनल तालिम तथा तारा सम्मान कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित (तस्विरसहित)

१९ भाद्र २०८१, बुधबार १४:४०

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले देशका सातै प्रदेशमा मोटिभेसनल तालिम तथा तारा सम्मान कार्यक्रम आयोजना गरिरहेको छ ।

यसैक्रममा, कम्पनीले सुदुरपश्चिम प्रदेश अन्तर्गत रहेका नौ वटा जिल्लाका १६ वटा शाखा कार्यालयबाट आएका करिब तीन सय जना अभिकर्ताहरुको उपस्थितीमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रम कैलालीको धनगढीमा रहेको फ्लोरा (पौवा) होटलमा सम्पन भएको थियो।

कम्पनीले गत आर्थिक वर्षमा ल्याएको स्किम अन्तर्गत प्रतेक महिना मासिक लक्ष्य पुरा गर्न सफल भएका ५८ जना अभिकर्ताहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको सुदुरपश्चिम प्रदेश प्रमुख दिपक भट्टले जानकारी दिए । सोही कार्यक्रममा उक्त प्रदेशमा ब्यक्तिगत र टिम ब्यापारमा उत्कृष्ट ब्यापार गर्न तीन (तीन जना उत्कृष्ट अभिकर्ताहरुलाई पनि कम्पनीले विशेष सम्मान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीले उपस्थित अभिकर्ताहरुलाई हौसला प्रदान गर्दै कम्पनीले चालु आर्थिक वर्षमा लिएका व्यवसायिक रणनितिको बारेमा जानकारी दिए । उनले भने, ‘अभिकर्ता भनेका बीमा कम्पनीका मेरुदण्ड हुन् । सूदुरपश्चिमका अभिकर्ताहरुले व्यवसायमा फड्को मारिरहेका छन् । त्यसैले हामिले अभिकर्ताहरुको क्षमता अभिबृद्धि र तालिमलाई अझै प्राथमिकता दिने रणनिती समेत बनाएका छौ।’

कार्यक्रम सञ्चालक समेत गरेका सुदुरपश्चिम प्रदेश प्रमुख दिपक भट्टले नेपाल लाइफ इन्स्योरेन्सको समग्र व्यवसाय वृद्धिमा सुदुरपश्चिमका अभिकर्ताहरुको ठूलो भुमिका रहेको बताए । उनले भने, ‘सुदुरपश्चिमका अभिकर्ताहरु एकदमै सक्रिय रहेका छन् । हामिले दिदैं आएका क्षमता अभिबृद्धि तथा मोटिभेसनल तालिमले अभिकर्ताहरुलाई व्यवसाय गर्न झन सहज हुने र यो आर्थिक बर्ष यस प्रदेशमा नेपाललाईफले आफ्नो बजार हिस्सा करिब ३५ प्रतिशत कायम लक्ष्य रहेको सो पुरा हुने विश्वास व्यक्त गरेको छु।’

कार्यक्रममा सहभागि भएका अभिकर्ताहरुले उत्साहित हुदै मोटिभेसनल तालिममले व्यवसाय गर्न थप उर्जा मिलेको र आउँदो दिनमा अझै व्यापक तरिकाले अगाडी बढ्ने प्रतिक्रिया दिएका छन् । उनीहरुले विभिन्न स्थानमा रहेका आम नागरिकको बीमा गर्दै जीवन रक्षावरण गर्न सफल भएका छन् ।

मोटिभेसनल स्पीकर अमित शर्माका अनुसार जीवनमा सफलता हासिल गर्न सकारात्मक सोच सबै भन्दा बढी आवश्यक,नियमितता, राम्रो गर्दै जादा हामो जस्तो समाजले सधै सकारात्मक भन्दा बढी नकारात्मक कुरा गर्ने हुदा अरु कुरा कम सुन्ने र आफ्नो लक्ष्य केन्द्रित काममा बढि ध्यान दिन सके सफल भइने जानकारी दिए ।

मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ एण्ड पोलिसी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, सुरक्षा विभाग प्रमुख टिका रेग्मी, पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ केन्द्रिय समिति अध्यक्ष गणेश अधिकारी, पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम के।सि,पेशागत अभिकर्ता संघ नेपालका उपाध्यक्ष महेश दत्त भट्ट,बिमकका केन्द्रीय सदस्य,प्रदेश कमिटी अध्यक्ष सहित पदाधिकारी लगायत सुदुरपश्चिममा रहेका १६ वटा शाखा कार्यालयबाट करिब तीन सय जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*