आइपीओ निष्कासन गर्ने तयारीमा रहेको अकामा होटलको व्यापार ७७ प्रतिशतले बढ्यो

१९ भाद्र २०८१, बुधबार ११:५५

काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको अकामा होटलको व्यापारमा उछाल आएको छ । सानिमा ग्रुपले स्थापना गरेको होटलले एक वर्षको अवधिमा साढे १७ करोडको व्यापार गरेको हो ।

इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । जुन व्यापार सन् २०२२ को तुलनामा ७ करोड ७० लाख रुपैयाँले बढी हो । सन् २०२२ मा होटलको व्यापार १० करोड मात्र रहेको थियो ।

होटेलले सन् २०२१ मा २ करोड रुपैयाँको व्यापार गरेको थियो। होटल २०१९ देखि सञ्चालनमा आएको हो। होटलमा १ सय ८ कोठा छ। अकामाले १ अर्ब १० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।

सानिमा ग्रुपको जलविद्युत, बैंकिङ, बिमाका साथै हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति छ। अकामाका अध्यक्ष विनयकुमार श्रेष्ठ हुन्। उनी मिडिल तमोर हाइड्रोपावर लिमिटेडका पनि अध्यक्ष हुन्। अकामाको महाप्रबन्धकमा भरतकुमार जोशी छन्।

होटल काठमाडौँको धुम्बाराहीमा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*