कृषिमन्त्री अधिकारीले भने, ‘बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्यक्रम ल्याउँदैछौं’

१९ भाद्र २०८१, बुधबार ११:२६

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताएका छन् । प्रदेश कृषि मन्त्रीहरुसँगको छलफलमा उनले बाली बीमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले बनाएको बताएका हुन् ।

उनले अनुदानको विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि लाग्दै आएको आरोप मेटाउन अब पालिका तह, प्रदेश तहसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र अनुदानको व्यवस्थापन गर्ने सोच मन्त्रालयले बनाएको बताए । उनले भने, ‘बाली बीमाका सन्दर्भमा हामीले प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने र त्यसलाई व्यवस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको छ । कृषि मन्त्रालयसँग लाग्दै आएको आरोप अनुदानका विषयमा छ । यो अनुदानको विषयमा पालिका तह, प्रदेश तहसँग समन्वय गरेर एउटा संयन्त्र बनाएर अनुदानको व्यवस्थापन गर्दा ठिक होला की ? यो सोच अघि बढाएका छौँ ।’

मन्त्री अधिकारीले मन्त्रालयले किसान सूचिकरणका सम्बन्धमा यसै वर्षभित्र सक्ने उद्देश्य बोकेको समेत बताए । यस वर्षभित्रै सूचिकरण, वर्गीकरण गर्दै वितरणको प्रक्रिया पनि शुरु गर्ने योजना रहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*