पूर्वाञ्चल ल्यूब आयलले गर्यो लाभांश घोषणा, आइपीओ जारी गर्न बोलायो एजिएम

१९ भाद्र २०८१, बुधबार ११:००

काठमाडौँ । पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज ९ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा एयरपोर्ट होटेल, सिनामंगल, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ । साथै, सभामा कम्पनील गत वर्षको मुनाफाबाट १०.५२ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव समेत पेश गर्ने एजेण्डा रहेको छ ।

साथै, गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफलका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*