यूनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक विनय कुमार भण्डारीको राजिनामा स्वीकृत
१९ भाद्र २०८१, बुधबार १०:४३
काठमाडौँ । यूनीभर्सल पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक बिनय कुमार भण्डारीले आफ्नो सञ्चालक पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएका हुन् ।
कम्पनी सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले सञ्चालक भण्डारीको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।